बेरुत। सिरियाको अलेपो सहरमा बिहीबार भएको भिडन्तमा परी कम्तीमा पनि ३८ जना सर्वसाधारणको ज्यान गएको छ।
अलेपोमा विद्रोहीले सरकार समर्थित ब्रदरहुड समूहलाई लक्षित गरी गरेको रकेट हमलामा परी कम्तीमा पनि ३८ जना सर्वसाधारणको ज्यान गएको हो।
ब्रदरहुडलाई लक्ष्य गरेर उनीहरुले रकेट हमला गरेको जनाएका छन्। तर त्यसमा परी कम्तीमा दुई जना बालबालिकासहित ३८ जना मारिएको सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले जनाएको छ।
पछिल्लो समयमा सिरियामा युद्धबिराम जारी रहेको भनिएको भए पनि अलेपोमा भने भिडन्त भइरहेको छ।
सो भिडन्तमा परी पछिल्लो शुक्रबारयता करिब १८६ जनाको ज्यान गएको बताइएको छ।