सल्यान। सल्यानमा एकै घरका चारजना मृत फेला परेका छन्। सल्यानको छायाँक्षेत्रमा दुई नाबालिकासहित एकै घरका चार जना मृत भेटिएका हुन् ।

छायाँक्षेत्र–९ रानागाउँकी २३ वर्षीय सीता खाँण ठकुरी, उनीका दुई छोरी साढे २ वर्षीया सविता र एक वर्षकी पवित्रा खाँण तथा बहिनी १८ वर्षीया गीता गिरी घरभित्रै मृत फेला परेको सल्यान प्रहरीले जनाएको छ ।

सीताका श्रीमान रमेश खाँण ठकुरी रोजगारीको शिलशिलामा भारतमा बस्दै आएका छन्। सीताका श्रीमान विदेश गएपछि सल्यान मार्के घर भएकी गीता दिदी सीतासँगै बस्दै आएकी थिइन् ।

उनीहरुको हत्या भएको हो वा अन्य कारणले मृत्यु भएको हो भन्नेबारे खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । बुधबार विहान छिमेकीले उनीहरुलार्इ मृत फेला पारेपछि प्रहरीलार्इ खबर गरेका थिए।