मङ्गलबार बिहान प्रशारण गर्नेगरी सोमबार सिबिएस न्युजलाई दिएको अन्तरवार्तामा राष्ट्रपति ओबामाले सो धारणा राखेका हुन् । उनले युरोपमा हालैका दिनमा अप्रवासीसम्बन्धी समस्या उत्पन्न भएको भन्दै यो समस्याका कारण युरोपका देशहरु एकताबद्ध भइ काम गरिरहेका धारणा पनि राखे ।
साथै यसका कारण अमेरिकाले पनि संघर्ष गर्नु परिरहेको भन्दै युरोपको सो समस्याको समाधानका लागि अमेरिका पनि लागिपरेको धारणा राखे ।
राष्ट्रपति ओबामाले युरोपेली देशले हालैका दिनमा गरेका संघर्षका कारण ती देशको आप्रवासी समस्याको समाधानमा विभिन्न विकल्प निकाल्न सकिएको पनि बताए।
रसियाली राष्ट्रपति पुटिनले युरोपेली राष्ट्रहरुबीचको एकतालाई कम आँकलन गरेर भूल गरेको टिप्पणी पनि सो अन्तरवार्तामा गरेका छन्।
साथै उनले सो विषयमा गम्भीर हुन र आगामी जुन महिनामा हुन लागेको जनमत संग्रहमा युरोपेली युनियन छोड्ने निर्णय नलिन पनि उनले बेलायतलाई आग्रह गरेका छन् ।