काठमाडौं। नेपाल विद्युत प्राधिकरणले लोडसेडिङको समय घटाउने भएको छ । एक दुई दिनपछि औपचारिक रुपमा सूचना निकालेर लोडसेडिङ घटाउने तयारी भएको प्राधिरकरणका प्रवक्ता मुकुन्द काफ्लेले बताए।

काफ्लेका अनुसार अहिले दैनिक ११ घण्टा लोडसेडिङ हुँदै आएकोमा अब एक दुई घण्टा घटाउने तयारी भएको हो ।

यो महिनाको पहिलो हप्तामै लोडसेडिङ घटाउने तयारी भए पनि गर्मी र सुख्खाका कारण तराईका जिल्लामा विद्युत वितरण बढाउनु परेकाले ढिलाई भएको काफ्लेको भनाई छ ।