भेटिकन
सिटी। क्रिश्चियन
धर्मगुरु
पोप
फ्रान्सिसले
किशोरकिशोरीलाई
आइतबार
सम्बोधन
गर्दै
सुख
कसैले
‘एप
डाउनलोड’
गरेजस्तो
सजिलै
पाउनसक्ने
विषय
नभएको
बताएका
छन्
।
धर्मगुरु फ्रान्सिसले १३–१६ वर्षका किशोरकिशोरीलाई धर्मप्रति आस्थावान बनाउन गर्नुभएको आग्रहमा किशोरकिशोरी सुखद अनुभूतिको खोजमा अनावश्यक भौतारिने गरेको सन्दर्भलाई जोड्दै भन्नुभयो, सुखको कुनै मूल्य हुँदैन र यसलाई आजभोलि प्राय युवा जगत्ले एप्स डाउनलोड गरेजस्तो वा कुनै सामग्रीलाई अद्यावधिक गरेजस्तो पाइने वस्तु पनि होइन ।
त्यसैले मोबाइल फोनको एप्स पाएजस्तो सजिलै सुखलाई प्राप्त गर्न पनि सकिँदैन, रोमको पवित्र वर्षको हप्तान्त मनाउन जम्मा भएका किशोरकिशोरी सहित सेन्टपेटर्स स्क्वाएरमा जम्मा भएका भीडलाई सम्बोधनमा धर्मगुरु फ्रान्सिसले बताए ।