काठमाडौं। सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ४ म्याग्निच्युटको परकम्प गएको  छ । दिउँसो ४ बजेर ४० मिनेट जाँदा सिन्धुपाल्चोकमा केन्द्रबिन्दु भर ४ म्याग्निच्युटको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

यो पछिल्लो १६ घन्टामा गएको दोश्रो परकम्प हो । यसअघि  बिहीबार राति १२ बजेर ४१ मिनेट जाँदा दोलखा केन्द्रबिन्दु भएर ४ म्याग्निच्युटको परकम्प गएको थियो ।

गएको वर्ष वैशाख १२ गते गोरखाको बारपाक केन्द्रबिन्दु भएर गएको ७ दशमलव ८ म्याग्निच्युटको भूकम्पपछि यो सहित ४ म्याग्निच्युटभन्दा माथिका ४ सय ४९ वटा परकम्प गएको केन्द्रले जानकारी दिएको छ ।