काबुल । अफगानिस्तानमा सरकारी कार्यालयहरुलाई लक्ष्यगरी मङ्गलबार भएको एक आत्मघाती आक्रमणमा कैयौ व्यक्तिको मृत्यु हुनुको साथै अन्य १९८ जना घाइते भएका छन् ।
कैयोै शवहरु अस्पताल ल्याइएको बताइएको छ । त्यसैगरी १९८ जना घाइते व्यक्तिलाई उपचारार्थ अस्पताल ल्याइएको सार्वजनिक स्वास्थ्य मन्त्रालयका प्रवक्ता अजिज कावोसीले सिन्ह्वा समाचारलाई बताउनु भएको छ ।
तर यति नै व्यक्तिको मृत्यु भएको भन्ने एकिन सङ्ख्या भने प्राप्त भईनसकेको सरकारी अधिकारीले जानकारी दिनु भएको छ ।
स्थानीय समयाअनुसार मङ्गलबार बिहान ८ः३० बजे सरकारी भवनहरुलाई लक्ष्यगरी सो आत्मघाती आक्रमण गराइएको बताइएको छ ।
पुल इ मोहमद खान इलाकामा रहेको राष्ट्रपति भवन, रक्षा मन्त्रालयलगायतका सरकार कार्यालय लक्षित सो आक्रमण गरिएको बताइएको छ ।
यस आक्रमणको तालिवान आतङ्ककारी समूहले जिम्मा लिएको जनाइएको ।