काठमाडौ। प्रधानमन्त्री केपी शर्मा अोलीले खुलेआम देश टुक्राउँछु भन्दै हिड्नेलाई गिरफ्तार गरेर राज्यले कारवाही गर्ने स्पष्ट पारेका छन् ।
नेपाल विद्युत प्राधिकरण कर्मचारि यूनियनको दशौ महाधिवेशनको उद्घाटनमा प्रधानमन्त्री ओलीले राष्ट्र विखण्डनको सपना कसैले देख्छ भन्ने त्यसलाई कुनै पनि हालतमा साकार हुन नदिने बताउँदै त्यस्ताहरुलाई पक्राउ गरेर कानून अनुसार कारवाही अगाडि बढाउने चेतावनी दिए ।
उनले भने,‘ नेपालको स्वाभिमान, अखण्डतामा कुनै पनि हालतमा धु्रविकरण हुन दिईदैन ।’
भारत र ईयूको बक्तब्यप्रति लक्षित गर्दै प्रधानमन्त्री ओलीले नेपाली जनताका ९५ प्रतिसत जनप्रतिनिधिले बनाएको संविधानलाई कसैले मानेको छैनन भन्नुको तुक नभएको भन्दै नेपालको आन्तरिक विषयमा अरुले टिप्पणी गर्नुको अर्थ नभएको बताए ।
प्रधानमन्त्रीले एसएलसी परिक्षा जारी रहेकोले दिनमा दुई चार घण्टा विद्युत बन्द गरेर भए पनि राती बत्ति दिदा पढ्न पाउने भन्दै त्यस तर्फ ध्यान दिन सुझाव दिए ।