काठमाडौं।  नेपाल आयल निगमले पेट्रोलका लागि लाइन बस्नु नपर्ने जनाएको छ । भारतीय आयल कर्पोरेशन आइओसीबाट पर्याप्त मात्रामा पेट्रोल आयात भइरहेकाले लाइनमा नबस्न निगमले आग्रह पनि गरेको छ ।

आइओसीबाट आयात रोकिने भन्ने हल्लामा धेरैले पेट्रोल संचय गर्न थालेको भन्दे निगमले त्यसो नगर्न पनि अनुरोध गरेको छ । निगमका प्रवक्ता मुकुन्द घिमिरेका अनुसार आईओसीबाट आयात रोकिने वा घट्ने कुनै सम्भावना छैन । बरु आईओसीले माग आनुसारको तेल भर्नका लागि ट्याङकर पठाउन आग्रह गरेको छ । आईओसीले जति मागे पनि तेल भरिदिने बताएकाले बजारमा अभाव नहुने घिमिरेको दाबी छ ।

गएको हप्तामा होलीका कारण आयात केही कटौती भए पनि अहिले कुनै समस्या नहरेको प्रवक्ता घिमिरेले बताए। यस्तै एक दुई दिन अघि पेट्रोल पम्पलाई मागे जति वितरण गर्न नसके पनि आजदेखि माग अनुसारकै परिमाणमा विक्रि गर्ने निगमले जनाएको छ ।

पेट्रोलको आयात र वितरण सहज भए पनि डिजेलका लागि भने केही समय लाग्ने निगमको भनाई छ ।