एजेन्सी। भारतले पहिलो विकेटका लागि ६२ रनको साझेदारी गर्दै वेष्टइनण्डिजलाई १७५ रनको लक्ष्य दिएको छ।
ओपनर रोहित शर्मा र अजेन्का रहाणेले पहिलो विकेटका लागि ७.२ ओभरमा ६२ रन बनाएका थिए। शर्माले ३१ बल खेल्दै ३ चौका र ३ छक्कासहित ४३ रन बनाए। यस्तै रहाणेले ३५ बलमा ४० रन बनाएर आउट भए।
भारतका लागि उत्कृष्ट पर्दर्शन गर्दै आएका विराट कोहलीले ८९ रन बनाएपछि निर्धारित २० ओभरको खेलमा भारतले २ विकेट गुमाउँदै १९३ रन बनाएको छ।