विराटनगर। सद्भावना पार्टी अध्यक्ष राजेन्द्र महतोले चैतभित्र सरकारले माग सम्बोधन नगरे वैशाखदेखि आन्दोलन गर्ने जानकारी दिएका छन् । उक्त आन्दोलन सिंहदरबार केन्द्रित हुनेछ ।
विराटनगरमा तीन दिनदेखि जारी पार्टीको बिस्तारित बैठकको समापनमा बिहीबार पत्रकार सम्मेलनमा नेता महतोले चैतभित्र सरकारले मधेसीको माग सम्बोधन नगरे बैशाखदेखि आन्दोलन गर्ने चेतावनी दिदै अवको आन्दोलन सिंहदरवार केन्द्रित हुने स्पष्ट पारे ।
बन्द, हड्ताल, नाकाबन्दी नरहेको अहिलेको सहज अवस्थाको सदुपयोग गर्दै सरकारले मधेसीको माग पूरा गर्नु बुद्धिमानी हुने सरकारले सहज अवस्थाको फाइदा उठाएर माग पूरा गरिदिए आफूहरु आन्दोलन गर्ने मुडमा नरहेको स्पष्ट पारे ।
महतोले जनतालाई दुख र परेशान गर्ने किसिमको आन्दोलनको कार्यक्रम नल्याने स्पष्ट पार्दा नाकाबन्दी फेरि हुने हल्ला फिँजाएर सरकार र कालोबजारियाले तस्करी धन्धा गर्न खोजेको आरोप लगाए ।