ललितपुर। सरकारले आगामी वर्ष अघिल्लो वर्षबराबर नै ३४ दिन सार्वजनिक बिदा दिने भएको छ ।
नयाँ वर्ष २०७३ देखि संविधान जारी भएको दिन असोज ३ मा नयाँ सार्वजनिक बिदा दिइने भएको छ । बैशाख ११ गते लोकतन्त्र दिवसको अवसरमा दिदै आएको सार्वजनिक बिदा अब पाइने छैन ।
०६३ साल वैसाख ११ मा जनआन्दोलन–२ सफल भएको दिनको सम्झनामा सरकारले हरेक वर्ष लोकतन्त्र दिवस मनाई सार्वजनिक बिदा दिंदै आएको थियो ।
आगामी वर्ष ५२ शनिबारसहित ८६ दिनमात्र सार्वजनिक बिदा हुने जानकारी गृह मन्त्रालयका अधिकारीले दिए ।आगामी वर्षदेखि किराँतीहरूका धर्मगुरु फाल्गुनानन्दको जन्म जयन्तीका दिन सरकारले कात्तिक २५ मा राई–लिम्बु बहुल क्षेत्रमा सार्वजनिक बिदा दिने भएको छ ।
आगामी वर्षको क्यालेन्डरमा फाल्गुनानन्दको जन्म जयन्तीका दिनमात्र सार्वजनिक बिदा थपिएको हो ।