एजेन्सी। क्यानडामा एउटा सानो निजी विमान दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ । क्युबेकको पूर्वी तटमा भएको विमान दुर्घटनामा उनीहरुको मृत्यु भएको हो ।
लिस–डे–ला–माडिलिनि विमानस्थलमा भारी हिमपात र हावा चलेका कारण विमान दुर्घटनामा परेको अधिकारीहरुले जनाएका छन् । विमानमा क्यानडाका पूर्वयातायात मन्त्री जिन लापिरेसहितका उनका परिवारका सदस्यहरु सवार थिए ।
लापिरे क्यानडामा राजनीतिक विश्लेषकका रुपमा काम गर्दै आएका थिए ।