काठमाडौँ । प्रथम दक्षिण एसियाली महिला बास्केटबल प्रतियोगितामा नेपालले विजयी सुरुवात गरेको छ ।
राखेपको कबर्डहलमा मंगलबार भएको आफ्नो पहिलो खेलमा नेपाली महिला टोलीले बंगलादेशलाई ९२-२६ को फराकिलो अन्तरले पराजित गरेको हो । मंगलबारै भएको उद्घाटन खेलमा श्रीलंकाले माल्दिभ्सलाई १०६-३९ को स्कोरमा पराजित गरेको छ । नेपालको जितमा स्नेहा श्रेष्ठले २५ अंकको योगदान गरिन भने बंगलादेशकी नताशाले ८ स्कोर गरेकी थिइन् ।
दक्षिण एसियाका पाँच मुलुकको महिला टोली सम्मिलित प्रतियोगिताको खेलहरु राउण्ड रोबिन लिगको आधारमा हुनेछ । प्रतियोगितामा नेपाल, श्रीलंका, माल्दिभ्स, बंगलादेश र भुटानको सहभागिता रहेको छ ।