नवलपरासी। नवलपरासीमा चैत्र २६ गतेदेखि अन्तर्राष्ट्रिय नाइट (रात्रि) क्रिकेट प्रतियोगिता सञ्चालन हुने भएको छ ।

सुनरी युवा ब्रिगेड क्रिकेटर क्लबको आयोजनामा जिल्लाको सुनरीमा रातिमा प्रतियोगिता आयोजना हुन लागेको क्लबका अध्यक्ष क्यामुद्दिन अन्सारीले बताए ।
प्रतियोगितामा भारतको युपी र नेपालको नवलपरासी र रुपन्देहीबाट करिब २० टिम सहभागी हुने क्लबले बताएको छ । प्रतियोगिता रातिमा हुने भएकाले टाढाबाट आउने खेलाडीलाई खाना तथा बस्नको व्यवस्था मिलाइएको आयोजकले जनाएको छ ।

प्रतियोगिताको हरेक लिग म्याच भारत र नेपालका समूहबीच खेलाइने छ । गत वर्ष पनि उक्त क्लबको आयोजनामा रातिमा क्रिकेट प्रतियोगिताको आयोजना गरिएको थियो ।