एजेन्सी। बलिउडमा लामो समय सम्बन्ध भएका जोडीहरु छुट्टी रहेका बेला मलैका अरोरा र अराबाजको वैवाहिक सम्बन्धको पनि अन्त्य भएको छ ।
लामो समयसम्म विभिन्न कुराहरुलाई दबाउँदै सम्बन्ध अगाडि बढाएको र अब यसरी अगाडि बढ्न नसकिने भन्दै उनीहरु छुट्टिएको घोषणा गरेका छन् ।
उनीहरुले दिएको आधिकारिक रिपोर्टमा भनिएको छ,‘अरबाजको आर्थिक स्थिति नराम्रो भएका कारण मलैकाले छुट्टिन खोजेका तथा आर्थिक स्थिति सुधारी दिन सलमान खानसँग खाली बिलौना गर्ने गरेको कुरा सबै झुटा हुन् । हामी आपसी समझदारीमा छुट्टिन लागेका हौं । हामी कुनै तेस्रो व्यक्तिका कारण छुट्टिन लागेका होइनौ । हामीले केही समयलाई बे्रक लिएका हौं । हो हामी छुट्टिएका छौ । हाम्रो परिवारमा हुने नितान्त प्राइभेट कुराहरुलाई अतिरञ्जित गर्नु आवश्यक छैन ।’