काठमाडौं। काठमाडौंमा तीब्र गतिको हावा हुरी चल्दा जनजीवन अस्त व्यस्त बनेको छ । केही दिन देखि तुँवालोले ढाकिएको उपत्यका धुलाम्मे भएको छ ।
बाटोमा गुडिरहेका सवारी साधन एका–एक रोकिएपछी यातायात अवरुद्ध भएको छ । पैदल यात्री बढी मारमा परेका छन् । काठमाडौं आसपासका भूकम्प पीडितहरुको विचल्ली भएको छ । होडिङ बोर्ड तथा टहरा उडाउँदा समस्या भएको छ ।