दाङ। एकीकृत नेकपा माओवादीका सचिव वर्षमान पुनले संविधान कार्यान्वयन गर्नका लागि राष्ट्रिय सहमतिको सरकार बन्नुपर्ने बताएका छन् ।
क्रान्तिकारी पत्रकार सङ्घले आज घोराहीमा गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले वर्तमान सरकारमा नेपाली काँग्रेस सहभागी भए संविधान कार्यान्वयनमा सहज हुने दाबी गरे ।
अबको दुई वर्षभित्रमा संविधान कार्यान्वयन भइसक्ने उनकाे भनाइ छ ।
संविधान कार्यानवयनका लागि अझै ४०० भन्दा बढी कानुनलाई परिमार्जन गर्न र १५० जति नयाँ कानुन बनाउन बाँकी रहेको उनले बताए ।