काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले चीनसँग भएको पारवहन सम्झौतालाई महत्वपूर्ण उपलब्धि भएको बताएका छन् ।
चीनका प्रधानमन्त्री ली खछ्याङको निमन्त्रणामा सातदिने चीन भ्रमण सकेर आइतबार स्वदेश फर्केपछि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीलाई भ्रमणवारे जानकारी दिदै ओलीले पारवहनलाई एक महत्वपूर्ण सम्झौता भएको बताए ।
‘भ्रमणको अवसरमा सम्पन्न पारवहन यातायात सम्झौताले भूपरिवेष्ठित मुलुकका रुपमा नेपालको समुद्रसम्म पुग्ने अधिकार र चिनियाँ भूभागबाट निर्वाध रुपमा पारवहन स्वतन्त्रता पाउने कुरालाई प्रत्याभूति गरेको छ,’ प्रधानमन्त्री ओलीले भने यो सम्झौता भ्रमणको महत्वपूर्ण उपलब्धि हो ।