भद्रपुर। उपभोक्ताको स्वस्थ्यप्रति लक्षित गरेर स्वच्छ र स्वस्थ्य मासु बिक्री–वितरणका लागि साताव्यापी जनचेतना अभियान आजबाट सुरु गरिएको छ ।

जिल्ला पशु सेवा कार्यालयको नेतृत्वमा सदरमुकाम भद्रपुर चन्द्रगढीबाट आजदेखि जिल्लाव्यापी अभियान सुरु गरिएको हो । अभियानअन्तर्गत पहिलो दिन मासुजन्य पदार्थ फोहोर भए उत्पन्न हुन सक्ने रोग तथा सङ्क्रमणबारे जनचेतना विस्तार गरिनेछ ।

दोस्रो दिनबाट जिल्लाका प्रमुख बजार क्षेत्रमा रहेका मासु पसलको अवस्था, पशुबधशालाको स्थिति, मासुको गुणस्तर परीक्षण गरी जनस्तरमा चेतना विस्तारसमेत गरी कार्यक्रम समापन गरिने पशु विकास अधिकृत डा कुमारसिंह खत्रीले जानकारी दिए ।