काठमाडौं। नेपाली राष्ट्रिय टोलीले मलेसियाको २२ वर्षमुनिको टोलीसँग आइतबार मैत्रीपूर्ण फुटबल खेल्दैछ । नेपाल र मलेसियाबिचको खेल नेपाली समय अनुसार बेलुका पौने सात बजे मलेसियाको सेरेबनमा हुनेछ ।
सेरेमबनको टुअंकु अब्दुल रहमान रंगशालमा नेपाली टोली नयाँ प्रशिक्षक ग्योतोकु कोजीको प्रशिक्षणमा पहिलो पटक खेल्ने छ । बंगबन्धु गोलडकपको उपाधि र दक्षिण एसियाली खेलकुद सागको फुटबलमा स्वर्ण पदक जितेको नेपाली टोलीले त्यसपछि पहिलो पटक खेल्न लागेको हो ।
पूर्व निधारित कार्यक्रम अनुसार आज दुवै देशका राष्ट्रिय टोलीबिच खेल हुनु पर्ने भएपनि प्राविधिक कारणले २२ वर्षमुनिको टोलीसँग नेपाली टोलीले खेल्न लागेको हो । दुवै देशका प्रशिक्षक तथा कप्तानले खेलका लागि तयार रहेको पनि बताएका छन् । मलेसियासँगको खेलका लागि नेपाली टोली गएको शुक्रबार गएको हो ।