तनहुँ। एमाओवादी अध्यक्ष प्रचण्डले किसान मजदूर सबै उत्पीडित जनता एकातिर र वुर्जवा वर्गअर्को तिर लडाई चलिरहेको उल्लेख गर्दै युद्ध अहिले पनि भिन्न रुपमा जारी रहेको बताएका छन् ।
तनहुँको दमौली जिल्ला स्तरीय कार्यकर्ताहरुलाई प्रशिक्षण दिँदै उनले भने, सत्ताभित्र हुने ठूलठूला खेलमा सहि निर्णय लिन नसक्दा ठूल्ठूला युद्ध असफल भएका छन् । जनयुद्धको समग्र विकास प्रक्रियामा तनहुँ जिल्लाको विशेष भूमिका छ । उनले अहिले मात्र बन्दुक नचलेको बताउनु बताए । उनले भने, अन्याय अत्याचारको प्रतिकार गर्नैपर्छ, यो युद्ध हामीले जित्नै पर्छ, राजनीति शान्तिपूर्ण युद्ध हो र युद्ध रक्तपातपूर्ण राजनीति पनि हो ।
युद्धको तयारी, १० वर्षको युद्ध र १० वर्षको शान्ति कालको नेतृत्व एउटै व्यक्तिले गरेको उनको भनाई थियो ।
अर्काे प्रसंगमा उनले १० वर्ष अगाडि मधेसमा अधिकार चाहियो भन्ने एक जना मानिस नभएको र मधेसको अधिकार र अधिकारको निम्ति संघर्ष गर्ने चेतना आफ्नै नेतृत्वमा संचालन भएको संघर्षले दिएको दाबी गरे ।
माओवादी पार्टीहरु बीचको एकताको प्रसंग कोट्याउँदै उनले माओवादी धाराहरुसँग एकताको प्रयास भईरहेको जानकारी दिए । उनले भने– सबै माओवादीहरुसँग एकैचोटी एकताको नयाँ प्रक्रिया सुरु गरिँदैछ ।