काठमाडौं।  नेपालले नामिबियाविरुद्ध खेल्ने विश्व क्रिकेट लिगका लागि २५ सदस्यीय खेलाडी छनोट गरिएको छ ।

स्वतन्त्र छनोट समितिले २५ सदस्यीय खेलाडी टोलीको नामवली शुक्रबार राष्ट्रिय खेलकुद परिषद् (राखेप) लाई बुझाएको राखेपका प्रेस सल्लाहकार रोहित दाहालले जनाएका छन् ।

४० खेलाडीबाट २५ खेलाडीको छनोट गरिएको प्रशिक्षक टमाटाले जनाएका छन् । अन्तिममा ४ वैकल्पिकसहित १८ खेलाडीको छनोट गरिने बताइएको छ । छनोट भएका खेलाडीहरुमा पारस खड्का, ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, शक्तिप्रसाद गौचन, सोमपाल कामी, बसन्त रेग्मी, सागर पुन, विक्रम सोब, सुवास खकुरेल, करण केसी, नरेश बुढा ऐर, सिद्धान्त लोहनी, सन्दिप लामिछाने, अनिलकुमार मण्डल तथा सुनिल धमला रहेका छन् । अन्य खेलाडीमा दीपेन्द्रसिंह ऐरी, राजु रिजाल, प्रेम तामाङ, सुशन भारी, मन्जित श्रेष्ठ, अभिनास कर्ण, आरिफ शैख, राजेश पुलामी मगर, प्रदीप ऐरी तथा विनोद भण्डारी छन् ।

विश्व क्रिकेट लिगअन्तर्गत पहिलो खेल अप्रिल १६ र दोश्रो खेल अप्रिल १८ तारिखमा हुनेछ ।