एजेन्सी। पाकिस्तान टी-२० क्रिकेट विश्वकपको पहिलो चरणबाटै बाहिरिएको छ।

मोहालीमा शुक्रबारर अष्ट्रेलियासँग २१ रनले पराजित भएपछि पाकिस्तान लिग चरणबाटै बाहिरिएको हो। पाकिस्तानलाई हराएको अष्ट्रेलियाले भने सेमिफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ।

टस जितेर ब्याटिङ रोजेको अष्ट्रेलियाले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ९३ रन बनाएको थियो।

१ सय ९४ रनको लक्ष्य पछाएको पाकिस्तानले २० आभर खेल्दै ८ विकेटको क्षतिमा १सय ७२ रन बनायो।