एजेन्सी। आईसिसि टि-ट्वान्टी विश्वकपमा बंगलादेशलाई आयोजक भारतले १ रनले हराएको छ। भारतले दिएको १४७ रनको लक्ष्य बंगलादेशले १४५ रनमा समेटियो।

अन्तिम बलमा जितका लागि २ रन चाहिएको बंगलादेशले कुनै रन बनाउन सकेन।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरको खेलमा ७ विकेट गुमाएर १४६ रन बनायो। मध्यम स्कोर बनाउने क्रममा भारतका लागि शुरे रैनाले सर्वाधिक ३० रन बनाए।