काठमाडौं। बेलायती राजकुमार हृयारी थप ६ दिने नेपालमै बस्ने भएका छन् । र, स्वयमसेवक भएर भूकम्पबाट क्षतिग्रस्त सामुदायिक विद्यालय बनाउन सहयोग गर्नेछन् ।
बुधबार नेपालस्थित बेलायती दूताबासमा आयोजित कार्यक्रममा हृयारीले भने, ‘म तत्काल नेपाल छाड्दै छैन । टिम रुविकनसँग छ दिन विकट गाउँमा विताउनेछु ।’
बेलायती राजकुमार आवद्ध भएको टिम रुविकनले भूकम्पबाट क्षतिग्रस्त समुदायिक विद्यालय बनाइरहेको छ । आफ्नो भ्रमणको अन्तिममा नेपाललाई सहयोग गर्ने मौका पाएकामा खुसी लागेको उनले बताए ।
बेलायती राजकुमार हृयारी चैत ६ गते नेपाल आएका थिए । उनले भक्तपुरमा भूकम्प पीडितहरुसाग भेट गरे भने पाटन दरबार स्वायर क्षेत्रको अवलोकन भ्रमण गरे । बर्दिया राष्ट्रिय निकुञ्ज जानुका साथै लमजुङ र पोखराका भ्रमण गरेर उनी मंगलबार काठमाडौं आएका थिए ।