काठमाडौं। ‘हाम्रै जीवनकालमा सम्वृद्ध नेपाल’ भन्ने नारा सहित देशव्यापी अभियान चलाइरहेको नयाँ शक्ति नेपाल निर्वाचन आयोगमा विधिवत दर्ता भएको छ।
बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिको झन्डा, नाम, लोगो आयोगमा दर्ता गरिएको हो। आयोगका अनुसार पार्टीको नाम नयाँ शक्ति नेपाल रहनेछ। निर्वाचन चिन्ह पाँच कुने तारा रहनेछ।

एमाओवादीको जनयुद्धका मुख्य योजनाकार भट्टराईले पार्टी परित्याग गरी आफ्नो नेतृत्वमा नयाँ दल दर्ता गराएका हुन्। बामपन्थी पृष्ठभूमिका भट्टराईको नयाँ शक्तिले पाँच स सहित सम्वृद्धि र विकासको नारा अघि सारेको छ।