रसुवा। आज बिहान ६ बजेदेखि चलेको हावाहुरीले सदरमुकाम धुन्चेलगायत आसपासका क्षेत्रको जनजीवन प्रभावित बनाएको छ ।

नागरिक समाजका अध्यक्ष बाबुलाल तमाङका अनुसार चर्को हावाहुरीले दर्जनौँ जस्ताका घरहरु उडाएको र बसोबासमा प्रभावित तुल्याएको छ ।

अहिले स्थानीयवासी सुृुरक्षित ठाउँको खोजी गर्र्दै बसिरहेका छन् । अहिले हिँड्डुल गर्ने अवस्था नभएको र हावाहुरीले जस्ताको टहरो र त्रिपाल, टेन्टमा बस्ने हजारौँ बासिन्दा प्रभावित भइसकेका र सबै नागरिकलाई सुरक्षित ठाउँमा बस्न आह्वान गरिएको जिल्ला प्रहरी प्रमुख अवधेश विष्टले बताए।

उता मङ्गलबार अपराह्नदेखि हाकु गाविसको जङ्गलमा लागेको डढेलो नियन्त्रणमा आएको छैन । हावाहुरीले डढेलो बढ्दै जाँदा हजारौँ हेक्टर वनजङ्गल डढेलोको चपेटामा परेको बताइएको छ । क्षतिको विवरण यकिन भएको छैन ।