काठमाडौं। टि-२० विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्दै आएको न्यूजिल्याण्डले आफ्नो दोस्रो खेलमा बलियो प्रतिद्वन्द्वी अष्ट्रेलियालाई ८ रनले हराएको छ।

भारतको धर्मशालमा टस जितेर पहिले ब्याटिङ गर्दै बनाएको १४३ रनको लक्ष्य पछ्याएको अष्ट्रेलिया पुरै ओभर खेल्दै १३४ रनमा समेटियो।