पोखरा। पोखराको नागढुङ्गामास्थित सभ्यता ‘मनी ट्रान्सफर’बाट रक मलुटेर भाग्ने एकजनालाई आज प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सुनसरी घर भइ हाल पोखराको रामबजार बस्दै आएका प्रशान्त थापामगर रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

प्रहरीका अनुसार थापाको साथबाट एउटा पेस्तोल र लुटेको रु छ लाख ४५ हजार नगद बरामद भएको छ । आज बिहान ११ बजे मनी ट्रान्सफरबाट रकम लुटेर भागेका उनलाई प्रहरीले तत्कालै पक्राउ गरेको थियो ।