काठमाडौँ। नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँडले अबको सरकार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा बन्ने दावी गरेका छन् ।
रिपोर्टर्स क्लब नेपालले मंगलबार आयोजना गरेको साक्षात्कारमा उनले सबैभन्दा ठूलो दलको नेतृत्वमा नभए दह्रो सरकार बन्न नसक्ने भन्दै अबको सरकार बन्दा ठूलो पार्टीको सभापतिको हैसियतले देउवाकै नेतृत्वमा बन्ने बताए ।
उनले राष्ट्रिय सहमतिको सरकार बिना मुलुक अघि बढ्न नसक्ने दावी गर्दै सहमतिको सरकारका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले मार्ग प्रसस्त गर्नु पर्ने धारणा राखे । उनले भने, ‘यो सरकारमा कांग्रेस कुनै पनि हालतमा जाँदैन ।’
खाँडले केपी शर्मा ओली नेतृत्वको सरकार अप्राकृतिक गठबन्धन र कमजोर जगमा बनेकोले यो आफ्नै अन्र्तविरोध र बोझले ढल्ने दावी गर्दै भने, ‘संविधान मान्ने, राजतन्त्र ब्युताउने, संघीयता नस्विकार्ने दलहरुको अप्राकृतिक गठबन्धनले यो सरकार बनेको छ ।’
खाँडले प्रधानमन्त्रीको चीन भ्रमणबाट ठूलो उपलब्धि हात लाग्ने स्थिति नदेखिएको भन्दै भ्रमणको बिषयमा प्रधानमन्त्रीले राष्ट्रिय सहमति गर्नु पर्ने सुझाव दिए ।