भक्तपुर। उपप्रधान एवम गरीबी निवारण तथा सहकारी मन्त्री चित्र बहादुर केसीले वर्तमान सरकार परिवर्तन भए कुनै नौलो बिषय नहुने बताएका छन् ।

रफत सञ्चार क्लबले मंगलबार आयोजना गरेको साक्षतकार कार्यक्रममा बोल्दै उनले नेपालका हरेक सरकारको निर्माणमा छिमेकीको प्रभाब रहने भएता पनि वर्तमान सरकार उसको इच्छा बिपरित भएकाले सकेसम्म सरकार परिवर्तनमा लागेको बताए ।

मधेसवादीले भम्र छरेपनि नयाँ संविधान आएपछि मात्र नेपालमा २ हजारले अंगिकृत नागरिकता पाएको समेत उनले बताए । कार्यक्रममा बोल्दै उनले भने, “नेपालको संसदमा मात्रै १२ जना अंगिकृत नागरिकता पाएका व्यक्ति विभिन्न राजनितीक दलबाट सासद भएका छन् ”।

बेहुलीलाई जग्गेबाट नै अंगिकृत नागरिकता दिने नयाँ संविधानको व्यवस्थामा जनमोर्चा नेपालको विरोध रहेको मन्त्री केसीले बताए । “नयाँ संविधानमा भएको संघियता, नागरिकता, विदेशमा रहेका नागरिकको मत अधिकार र आरक्षणको विषयमा आफू र आफ्नो पार्टीले सधै विरोध गरेको छ,” मन्त्री केसीले भने ।

प्रधानमन्त्रीको चीन भ्रमणबाट एउटै मुलुकमा मात्र सिमित रहेको नेपालको आयत नितीलाई परीवर्तन गर्न मद्दत गर्ने समेत उनले बताए ।