काठमाडौ। प्रधानमन्त्री केपी शर्मा ओलीले मित्र राष्ट्र चीनका प्रधानमन्त्री लि केकियाङको निमन्त्रणामा यही चैत ७ देखि १४ सम्म चीनको औपचारिक भ्रमण गर्ने भएका छन ।

मन्त्रिपरिषद्को सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले प्रधानमन्त्रीको जनवादी गणतन्त्र चीनको भ्रमणलाई स्वीकृत गरेको हो ।

प्रधानमन्त्री भएपछि यो उनले दोस्रो विदेश भ्रमण हुने छ । यसअघि उनले यस अघ भारतको गत फागुन ७–१२ गतेसम्म भ्रमण गरेका थिए ।

त्यसैगरी दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन(सार्क) का देशहरुले युवासम्बन्धी नीति तथा रणनीति तर्जुमा गर्न, युवाको अधिकार, समृद्धि, क्षमता तथा रोजगारीका लागि कानुनी आधार सुनिश्चित गर्न एवम् युवामैत्री नीति प्रवद्र्धन गर्दै युवा वर्गको क्षमता र सीप विकास गरी रोजगारीको अवसर सिर्जना गर्न ‘युथ चार्टर अफ द साउथ एसियन एसोसिएसन फर रिजनल कोअपरेसन’(सार्क युवा बडापत्र) स्वीकृत गरी नेपालका तर्फबाट हस्ताक्षर गर्न उपप्रधानमन्त्री कमल थापालाई अख्तियारी दिने निर्णय गरिएको सूचना तथा सञ्चारमन्त्री राईले बताए।