एजेन्सी।  विश्वकप ट्वेन्टी ट्वेन्टी क्रिकेट प्रतियोगिताअन्तर्गत सुपर टेनका खेलहरु आजबाट सुरु हुँदैछन् ।

भारतमा जारी प्रतियोगिताको प्रारम्भिक चरणका खेलहरु अस्ती सकिएपछि आजबाट दोस्रो चरण अर्थात सुपर टेनका खेलहरु हुन लागेका हुन् ।

आज हुने समुह दुईको पहिलो खेलमा आयोजक भारतर न्युजिल्याण्ड भिड्नेछन् । भारतको नागपुरमा हुने खेल नेपाली समय अनुसार बेलुकी पौने आठ बजे सुरु हुनेछ ।

यो समुहमा भारत र न्युजिल्यान्डसँगै अष्ट्रेलिया, पाकिस्तान र बंगलादेश रहेका छन् । यसैगरी समुह एक मा श्रीलंका, इङ्ल्यान्ड, दक्षिण अफ्रिका, वेष्ट इन्डिज र अफ्गानिस्तान रहेका छन् ।

बंगलादेश र अफ्गानिस्तान प्रतियोगिताको प्रारम्भिक चरणबाट छनोट हुँदै सुपर टेनमा प्रवेश गरेका हुन् ।