भक्तपुर। नेपाली कांग्रेसका नवनिर्वाचित केन्द्रीय सदस्य मीन विश्वकर्माले राष्ट्रिय सरकारको नेतृत्व नेपाली कांग्रेसले गर्ने बताएका छन् ।

रफत सन्चार क्लबले सोमबार भक्तपुरमा गरेको कार्यक्रममा उनले कांग्रेसले अब संसदीय दलका नेता चयन गर्ने र त्यसपछि ठूलो दलको हैसियतले राष्ट्रिय सरकारको नेतृत्व गर्ने दाबी गरे ।

सरकार कालोबजारीकोसंरक्षणमा लागेको आरोप लगाउँदै कांग्रेसले नै कालोबजारी अन्त्य पनि गर्ने दाबीसमेत उनको थियो ।