वालिङ। देशभरका नगरपालिकाहरुमध्येमा उत्कृष्ट कार्य गरेकामा स्याङ्जाको वालिङ नगरपालिका पुरस्कृत भएको छ । नेपाल नगरपालिका सङ्घको २३औँ स्थापना दिवसको अवसरमा देशभरबाट २१७ वटा नगरपालिकामध्ये वालिङ नगरपालिका उत्कृष्ट नगरपालिका घोषित भएको हो ।

उत्कृष्ट सेवा प्रवाह, सहरी योजना, सुशासन, फोहरमैला व्यवस्थापनलगायतका विषयवस्तुलाई मूल्याङ्कन गर्दै वालिङ नगरपालिकालाई नेपाल नगरपालिका सङ्घले उत्कृष्ट घोषणा गरेको कार्यकारी अधिकृत सुरथ पोख्रेलले बताए।

उत्कृष्ट भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले वालिङ नगरपलिकाका प्रमुख सुरथ पोख्रेललाई नगरपालिकाले गरेको कामको उच्च मूल्याङ्कन गर्दै आइतबार काठमाडौँमा सम्मानपत्रसहित नगद रु एक लाखको चेक हस्तान्तरण गरे  ।