एजेन्सी। बलिउडका मिस्टर पर्फेक्टनिस्ट आमिर खान आजबाट ५१ वर्ष लागेका छन्। प्रत्येक फिल्मका लागि दिलोज्यान दिएर काम गर्ने र निर्वाह गर्ने भूमिकामा ढल्न कुनै कसर बाँकी नराख्ने भएकाले उनलाई बलिउडमा ‘मिस्टर पर्फेक्टनिस्ट’को उपमा दिइएको छ।

आमिर धेरै लाइमलाइट चाहँदैनन्। व्यक्तिजीवनको बारेमा उनी उति खुल्दैनन्। त्यसैले आमिरका बारेमा मानिसहरुलाई अन्य स्टारहरूको जस्तो जानकारी छैन्।