काठमाडौं। नेपाली कांग्रेसका नवनिर्वाचित सभापति शेरबहादुर देउवाले सरकार परिवर्तनको खेलमा तत्काल नलाग्ने बताएका छन् ।

सरकार गिराउने र बनाउने खेलमा म अहिले लाग्दिँन, बरु सरकारलाई कालोबजारी नियन्त्रण गर्न बाध्य बनाउँछु, देउवाले भने । सभापतिमा निर्वाचित भएपछि वधाई दिन पुगेका पार्टी कार्यकर्ता र सञ्चारकर्मीसँग आइवार देउवाले अहिले आफ्नो चासो सरकार परिवर्तनमा नभएको बताए ।

सभापतिमा निर्वाचित भएदेखि सरकार परिवर्तनको कुरा उठेको बताउँदै उनले तत्काल सरकार परिवर्तन गर्न आफु नलाग्ने बताए । चलेका हल्ला सवै निराधार भएको देउवाले प्रष्ट पारे।