एजेन्सी।  जिम्बाबेलाई हराउँदै अफगानिस्तान ट्वेन्टी–ट्वेन्टी विश्वकप क्रिकेटको दोस्रो चरण अर्थात सुपर टेनमा पुगेको छ । भारतमा जारी प्रतियोगिता अन्तर्गत शनिबार भएको खेलमा जिम्बाबेलाई ५९ रनले हराउँदै अफगानिस्तान सुपर टेनमा पुगेको हो ।

खेलमा टस जितेर पहिले ब्याटिङगरेको अफगानिस्तानले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ८६ रन बनायो । जवाफमा १ सय ८७ रनको लक्ष्य पछ्याएको जिम्बाबेले खेलमा २ बल बाँकी छँदा अल आउट हुनुपुर्व १ सय २७ रन मात्रै जोड्न सक्यो ।

जितसँगै अफ्गानिस्तानले आउँदो बिहीवार श्रीलंकासँग सुपर टेनको भिडन्त तय गरेको छ ।