भक्तपुर। नेकपा (एमाले)का उपाध्यक्ष एवम् पूर्वउपप्रधानमन्त्री वामदेव गौतमले अब नेपालले भारतसँग मात्र नभई चीनलगायत अन्य तेस्रो मुलुकसँग पनि व्यापार सम्झौता गर्ने बताएका छन् ।

उच्चमाध्यमिक शिक्षा परिषद् नेपाल राष्ट्रिय कर्मचारी सङ्घको अधिवेशनको शुक्रबार उद्घाटन गर्दै गौतमले भारतसँग मात्र भर पर्दा पटकपटक नाकाबन्दी व्यहोर्नु परेकाले अब नाकाबन्दीको विकल्प नेपालले खोज्ने बताए ।

गौतमले परिषद्का अस्थायी कर्मचारीलाई स्थायी गर्नेबारे प्रधानमन्त्रीसँग छलफल गर्ने बताए।

कार्यक्रममा परिषद्का उपाध्यक्ष डा चैतन्य शर्मा, सदस्यसचिव नारायण कोइरालालगायतले परिषद्को विकासका लागि सबै कर्मचारी एक हुनुपर्नेमा जोड दिए।