काठमाडौँ। नेपाल आयल निगम र विराट आयललाई फरक–फरक दरमा पेट्रोलियम पदार्थ बिक्री गर्न दिने निर्णयका सम्बन्धमा सार्वजनिक लेखा समितिले चासो व्यक्त गरेको छ ।

समितिका सचिव सोमबहादुृर थापाले आपूर्ति मन्त्रालयलाई पत्रलेखि सो निर्णयको आधार तथा औचित्य र प्रयोजनसहितको विवरण तीन दिनभित्र उपलब्ध गराउन भन्नुभएको छ ।

फरक–फरक मूल्य तोक्दा उपभोक्ता मारमा पर्ने र आर्थिक तथा सामाजिक स्थितिमा नकारात्मक पर्ने भन्दै समितिले मन्त्रालयको ध्यानाकर्षण छ ।