पर्वत। उपप्रधान,गरीबी निवारण तथा सहकारी बिकास मन्त्रि चित्र बहादुर केसीले केपी ओलीकै नेतृत्वमा राष्ट्रिय सहमतीको सरकार बन्ने बताएका छन् ।

पर्वत जिल्लाको आठौँ जिल्ला परिषदको शुक्रबार उद्धघाटन गर्दै मन्त्रि के.सी.ले महाधिवेशन पछछिनेपाली कांग्रेस पनि यहि सरकारमा सहभागी भएर राष्ट्रिय सरकार गठन हुने दाबी गरे ।

बिगतमा नेपाली कांग्रेसकै नेतृत्वको कमजोरीका कारण सहमतीय सरकार बन्न नसकेको बताउदै उनले सरकारमा सहभागी गराउनका लागी नेपाली कांग्रेससँग शीर्षतहमा छलफल भैरहेको बताए ।

उनले सरकार फेरिन्छ भन्ने कुरा हल्ला मात्र भएको भन्दै हल्लाको पछी नलाग्न आग्रह गरे ।