काठमाडौं। नेपाली कांग्रेसका नवनिर्वाचित सभापति शेरबहादुर देउवाले आफ्नो दल सरकार ढाल्ने चलखेलमा नलाग्ने बताएका छन् ।

बुढानिलकन्ठस्थित निवासमा शुक्रबार सन्चारकर्मीहरुसँग कुरा गर्दै उनले सरकार ढाल्न आफ्नो दलले कुनै चलखेल नगर्ने र प्रतिपक्षकै भूमिका निर्वाह गर्ने बताए । उनले वर्तमान सरकार कमजोर जगमा बनेकाले आफैं ढल्नेजिकिर पनि गरे ।

नवनिर्वाचित सभापति देउवाले सरकारको गलत कामको विरोध र राम्रो कामलाई सहयोग गर्ने नीति कांग्रेसको रहेपनि गलत काम गर्दै गए आफूहरु टुलुटुलु हेरेर नबस्ने चेतावनी पनि दिए ।

उनले आफ्नो पहिलो प्राथमिकता पार्टीलाई व्यवस्थित बनाउन हुने भन्दै आन्तरिक मामिलालाई व्यवस्थित गरेर अघि बढ्ने र लोकतन्त्रलाई बलियो बनाउने प्रतिबद्धता व्यक्त गरे ।