काठमाडौँ। संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले आफ्ना सबै माग पुरा गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको छ ।
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई ७ बुँदे ज्ञापनपत्र बुझाउँदै चैत मसान्त मधेशको मुद्दा सम्बोधन नभए पुनः कडा र परिणमुखी संघर्षका कार्यक्रमका साथै कठोर संघर्षमा उत्रने चेतावनी दिएको छ ।
ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री ओलीले दिनभर ज्ञापनपत्र अध्ययन गरेर साँझ फेरि मोर्चासँग छलफलमा गर्ने बताएका छन् ।
जबर्जस्ती लेखन गरिएको संविधान पुनर्लेखन, सहिद घोषणा, घाइतेको उपचार, भूकम्प प्रभावितलाई सहयोग पुनर्निर्माण, कालाबजारी अन्त्य र आन्दोलन अवधिभरको कर, राजस्व सबै शुल्क मिनाहा गर्नुपर्ने माग अघि सारेको छ । वार्ता, सम्वाद र सहमति मार्फत मुद्दा सम्वोधन गर्न मोर्चाले प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले मधेसी मोर्चाका नेताहरुसँग आज साँझ ६ः३० बजे वार्ता गर्ने बताएका छन् ।प्रधानमन्त्री ओलीले आफ्नो ट्वीटर अकाउन्टबाट यस्तो जानकारी गराएका हुन ।