घोराही। घोराहीको गुलरियाका एक महिलामाथि एसिड प्रहार भएको छ  । पसलमा बसिरहेको बेला ३२ वर्षीया रिता चौधरीमाथि गएराति एसिड प्रहार भएको हो ।

एसिड प्रहारबाट चौधरीको  दायाँ गाला र गर्धनमा पोलेको छ । दुई अपरिचित व्यक्तिले एसिड प्रहार गरेका जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

घाइतेलाई राप्ती उपक्षेत्रीय अस्पताल घोराहीमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि शिक्षण अस्पताल कोहलपुर लगिएको छ । एसिड प्रहार गर्नेको खोजि कार्य जारी छ ।