काठमाडौँ। निजी क्षेत्रमा कार्यरत कर्मचारीले योगदानमा आधारित निवृत्तिभरण पाउने गरी ऐनलाई संशोधन प्रक्रिया अन्तिम चरणमा पुगेको छ ।

अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ)को सहयोगबाट प्राप्त प्राविधिक प्रतिवेदका आधारमा निजी क्षेत्रमा कार्यरत कर्मचारी एवम् वैदेशिक रोजगारीमा गएका श्रमिकलाई सामाजिक सुरक्षामा ल्याउन लागिएको कर्मचारी सञ्चय कोषका प्रमुख प्रशासक कृष्णप्रसाद आचार्यले जानकारी दिए ।

हाल निजी क्षेत्रमा २० लाखभन्दा बढी कामदार र वैदेशिक रोजगारीमा गएका ३० लाखभन्दा बढी श्रमिक छन् । यसबाट सञ्चय कोषमा दीर्घकालीन पुँजी सङ्कलन हुने र त्यसलाई दीर्घकालसम्म पूर्वाधारमा लगानी गर्न सकिने कोषका प्रशासक आचार्यको भनाइ छ । कोषले हाल ३० हजार कार्यालयका पाँच लाख जनालाई सेवा दिँदै आएको छ ।