सिमरा।  वीरगञ्ज युनाइटेड क्लबलाई १–० गोल अन्तरले हराउँदै रुपन्देही ११ सिमरा गोल्डकपको फाइनलमा पुगेको छ ।

दोस्रो हाफको इन्जुरी समयमा गोल गर्दै योगेश गुरुङले रुपन्देहीलाई जित दिलाएका हुन् । ९० मिनेटका खेल सकिएपछि थप गरिएको २ मिनेट समयमा गुरुङले गोल गरेका हुन् ।

गएको मंगलबार भएको क्वाटर फाइनलमा मनाङ मर्स्याङदी क्लबलाई १–० ले हराउँदै रुपन्देही ११ सेमिफाइनलमा पुगेको थियो ।

बुधबार त्रिभुवन आर्मी क्लबलाई सडन डेथमा स्तब्ध पार्दै विजय युथ क्लब हेटौडा फाइनलमा प्रवेश गरिसकेको छ ।