झापा। प्रधानमन्त्री केपी शर्मा ओलीले खुदुनाबारीमा आयोजित सभालाई सम्बोधन गर्दै ,”आफूलाई कसैले टिका दक्षिणा गरेर प्रधानमन्त्री पद नदिएको भन्दै उनले कसैले इच्छा गर्दैमा सरकार परिवर्तन नहुने बताए।”
एमाले मेची अञ्चल समन्वय कमिटीले आयोजना गरेको मेची पर्यटन प्रवर्द्धन अभियानको उद्धघाटन गर्दै प्रधानमन्त्री ओलीले भने-सरकार परिवर्तन कसैले इच्छा गरेर हुँदैन । त्यसका लागि संसदमा भोट जित्नुपर्छ ।’
उनले झापा बिद्रोह गर्दा नै आफूहरुले राजतन्त्रको उन्मुलन र जनताको संविधान जारी गर्ने लक्ष्य राखेको दाबी गरे । ‘४५ बर्ष अघि हामीले रोपेको गणतन्त्र र जनताले बनाएको संविधानको बीउ बल्ल उपभोग गर्न पाइएको छ’ उनले भनेका छन् ।
झापा बिद्रोह गर्दा देखि नैसमृद्ध नेपालको सपना देखेको भन्दै उनले भने, ‘त्यही आन्दोलनको एउटा योद्धा प्रधानमन्त्री भएको बेला देश समृद्धीको बाटोमा नलगे अरु कसले देशलाई समृद्धीतिर लैजाला त ?’
ओलीले आफू प्रधानमन्त्रीको लाइनमा थपिन मात्र पदमा नगएको दाबी गरे ।