काठमाडौं। एपिएफ क्लबले बुधबार न्यु डायमन्ड एकेडेमीलाई ३–२ सेटले हराउँदै मदन पासाङ स्मृति प्रथम राष्ट्रिय महिला भलिबल प्रतियोगिता जितेको छ ।
एपिएफले उपाधि जित्दा डायमन्डको घरेलु कोर्टमा पाँच सेट खेल्यो । पहिलो सेट गुमाए पनि एपिएफ लगातार दुई सेट जित्दै खेलमा हाबी भयो । सुरुआती सेट डायमन्डले २५–२१ ले जित्यो ।
त्यसपछि एपिएफले २५–२३, २५–२१ ले दुई सेट जितेको हो । तर, चौथो सेट भने डायमन्डले २५–२० ले जितेपछि खेल पाँच सेटसम्म लम्बियो । अन्तिम सेट एपिएफले १५–१० ले जित्दै ट्रफी उचाल्यो ।
विजेतालाई खेलकुदमन्त्री सत्यनारायण मण्डल, सञ्चारमन्त्री शेरधन राई, नेपाल भलिबल संघका महासचिव जितेन्द्रबहादुर चन्द लगायतले पुरस्कृत गरेको थिए ।