पोखरा। आगामी चैत महिनाको १८ गतेदेखि सुरु हुने यस वर्षको एसएलसी परीक्षामा मनाङ र मुस्ताङबाट कम विद्यार्थी सम्मिलित हुने भएका छन् ।
मनाङका चार सामुदायिक र एक खुल्ला विद्यालयबाट जम्मा ६५ जना विद्यार्थी एसएलसी परीक्षामा सहभागी हुने जिल्ला शिक्षा कार्यालय मनाङका शाखा अधिकृत खुलानाथ गौतमले जानकारी दिए ।
त्यस्तै, मुस्ताङमा १३६ जना विद्यार्थी परीक्षामा सम्मिलित हुने मुस्ताङका जिल्ला शिक्षा अधिकारी केशरीरमण न्यौपानेले बताए ।
मुस्ताङ जिल्लामा सात सामुदायिक, एक संस्थागत र एक खुल्ला विद्यालय सञ्चालनमा छन् । एसएलसी परीक्षाका लागि सम्पूर्ण तयारी सकिएको जिल्ला शिक्षा कार्यालयले जनाएका छन् ।